site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा करेन्ट लागेर महिलाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका–४ स्थितमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय सरितादेवी दास रहेकी छन् । मंगलबार आफ्नै घरभित्र सरसफाई गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकी थिइन् ।

दासलाई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्