site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली पर्वहरूलाई विश्वस्तरमा चिनाउनुपर्छ : मन्त्री किराती
फाइल तस्बिर।

काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताएका छन् ।

मंगलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा हुने हजारौँ जात्राहरुलाई महोत्सवको रुपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरु तान्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने बताउँदै उनले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने बताए ।

मन्त्री किरातीले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएकोमा दुःख व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:४३
प्रतिक्रिया दिनुहोस्