site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गण्डकी । आभ्या क्लबको आयोजनामा यही मंसिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ ।
    
शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिइन् । 
    
‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उनको भनाइ छ । 

उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख गर्दै उनले मिथिला र पोखरेली कलाकारको सहभागितामा चित्रकला कार्यशाला पनि गरिने बताए । 
    
कला संस्कृतिको संरक्षणका लागि यसअघि साउनको दोस्रो साता ‘अ डे विद कलर्स’ शीर्षकमा पोखराका बालबालिका तथा विभिन्न उमेर समूहका झण्डै २५० जनाको सहभागितामा सम्पन्न गरिएको क्लबले जनाएको छ । त्यस्तै भदौको तेस्रो साता माटो, कला र पोखरा शीर्षकमा मूर्तिकलासमेत सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिइन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement