site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'इजरायल–हमास युद्ध' रोकिनुपर्नेमा बुद्धिजीवीको जोड

काठमाडौं । नेपाल बुद्दिजीबी परिषद् राष्ट्रिय सुरक्षा तथा वैदेशिक सम्बन्ध अध्ययन केन्द्रले आज राजधानीमा आयोजना गरेको ‘इजरायल–प्यालेस्टाइन द्वन्द्व : नेपालमा सम्भावित असर’ विषयक बौद्धिक बहस सम्पन्न गरेको छ ।

वैदेशिक सम्बन्ध अध्ययन केन्द्रका संयोजक डा. राजेन्द्र चापागाईँले इजरायल–प्यालेस्टाइन द्वन्द्वको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै वर्तमानमा जारी रहेको हमास र इजरायलबीचको युद्धका असर र युद्धप्रतिको बाह्य शक्ति राष्ट्रहरुको फरक फरक दृष्टिकोण, शक्ति संघर्षका बारेमा आफ्नो धाराणा राखे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भुराजनितिका लेखक गोपाल खनालले हमास र इजरायल दुवैले गरेको हर्कत मानवताविरुद्धको अपराध भएको बताए । यो युद्ध हमास र इजरायलको मात्र नभएर फेरिँदै गएको विश्व व्यवस्थाको परिणाम भएको समेत उनले बताए ।

कार्यक्रममा बुद्धिजीवीहरूले इजरायल–हमासबीचको युद्धले बच्चा, वृद्ध र महिला बढी प्रभावित भएको, मानवअधिकार ह्रास भएको, अन्तर्राष्ट्रिय कानुनको उलंघन भएको भन्दै बुद्धिजीवीहरुले तत्काल युद्धविराम गरी वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro