site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्डसित चिनियाँ नेताको भेट
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले भेट गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसित भेटवार्ता गरेका हुन् ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली र सचिव वाङ छुङछेङसहितको चिनियाँ टोली सहभागी थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्