site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूकम्प पीडितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने सर्वोच्च फुलकोर्टको निर्णय 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितका सर्वोच्चका न्यायाधीशले सात दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन् । बुधबार बसेको सर्वोच्चका न्यायाधीशहरूको ‘फुलकोर्ट’ बैठकले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सर्वोच्चका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश श्रेष्ठलगायत न्यायाधीशहरूले भूकम्प पीडितका लागि सात दिनको तलब सहयोग गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

बैठकले उच्च अदालतका न्यायाधीशले पाँच दिन र जिल्ला अदालतका न्यायाधीशहरूले तीन दिनको तलब भूकम्पपीडितका लागि उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी अदालतका विशिष्ट र प्रथम श्रेणीका अधिकृतको तीन दिन, अन्यको दुई दिन र  सहायकस्तरका कर्मचारीको एकदिन बराबरको तलब उपलब्ध गराउने निर्णय पनि फुलकोर्टले गरेको छ । 

सहप्रवक्ता घिमिरेका अनुसार तीनै तहका न्यायाधीशबाट करिब ३८ लाख र कर्मचारीको तर्फबाट करिब एक करोड १२ लाख गरी डेढ करोड उपलब्ध हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro