site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दिमाग खराब’ले कति पायो मल्टिप्लेक्समा शोज ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दिमाग खराब’ले मल्टिप्लेक्समा सन्तोषजनक शोज पाएको छ । यही शुक्रबारबाट रिलिज हुने चलचित्रको शोज बाँडफाँट हुँदा सन्तोषजनक शोज पाएको हो । 

निश्चल बस्नेतको निर्देशन रहेको चलचित्रले देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा शुक्रबारलाई ६० शोज पाएको छ । क्यूएफएक्सले काठमाडौंमा २४ शोज दिएको ‘दिमाग खराब’लाई उपत्यकाबाहिर ३६ शोज उपलब्ध गराएको छ । 

Dabur Nepal
NIC Asia

यो शोज संख्या केही समय अगाडि रिलिज भएको ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को भन्दा कम हो । ‘पशुपतिप्रसाद–२ ः भष्मे डन’ले काठमाडौं उपत्यकामा २६ र काठमाडौं बाहिर ३६ शोज गरी ६२ शोज पाएको थियो । 

आईएनआई सिनेमाजमा १२, वान सिनेमाजमा १०, एफक्युबमा ६, बिग मुभिजमा ५ मा शोज पाएको छ । 

करिब सात वर्षपछि निश्चल ‘दिमाग खराब’मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । ‘लुट–२’पछि उनले चलचित्र निर्देशन गरेका थिएनन् । त्यसयता उनी अभिनयमा केन्द्रित भएका थिए । 

‘दिमाग खराब’मा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, सुमन कार्कीलगायत मुख्य भूमिकामा छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro