site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब सानोभेरीमा एकै परिवारका चारजना पुरिएको सूचना डीएसपीले पाए...
SkywellSkywell

काठमाडौं । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको ६.४ म्याग्निच्युडको भूम्कम्पले ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पपछि सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

उद्धारमा खटिएका प्रहरीका अनुसार राति निद्रामा रहेका बेला भूकम्प आउँदा धेरै मानिसको ज्यान गएको हो । जाजरकोटका तीन पालिकामा सबैभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

जागरकोटका नलगाड नगरपालिका, भेरी नगरपालिका र बारेकोट गाउँपालिका धेरै प्रभावित भएको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

KFC Island Ad
NIC Asia

efgm-1699181370.jpg

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं डीएसपी नमराज भट्टराईले जानकारी दिए ।

Royal Enfield Island Ad

रुकुम पश्चिमका १५० जना घाइते छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

घाइतेमध्ये सातजनालाई थप उपचारका निम्ति काठमाडौं ल्याइएको छ । जिल्ला अस्पतालमा १४ जना उपचाररत छन् । केही घाइतेलाई सुर्खेत र नेपालगन्ज ल्याइएको उनले बताए ।

qfdsg-1699180201.jpg

डीएसपी भट्टराईका अनुसार रुकुम पश्चिममा उद्धारकार्य सकिएको छ । राहत वितरणको काम गरिँदै छ । पीडितलाई जिल्ला विपद् समन्वय समितिमार्फत राहत वितरण गरिने उनले जानकारी दिए ।

डीएसपी भट्टराईले बाह्रखरीसित भने, “लगभग अब उद्धारको काम सकिएको छ । भग्नावशेषहरूबाट मृतक निकाल्न कुनै पनि बाँकी छैन । कोही हराएको जानकारी पनि अहिलेसम्म छैन । अब राहत वितरणको काम मात्रै बाँकी हो ।”

यसरी खटिएका थिए उद्धारमा
रातिको समय भएकाले सबै सुतेका थिए । प्रहरी पनि रातिको डियुटी गर्नेबाहेक अधिकांश निद्रामै थिए । भूकम्प आएपछि सबै उठे ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी भने भूकम्पका कारण कतै क्षति भयो कि भन्ने चिन्तामा थिए । त्यही बेला डीएसपी भट्टराईको मोबाइलमा फोन आयो । फोन गर्नेले भने, ‘सानोभेरी गाउँपालिकामा एकै परिवारका चारजना पुरिए ।’

त्यसपछि डीएसपी भट्टराईले अरू ठाउँमा पनि क्षति भएको हुन सक्ने आशंका गरे । उनले राति नै जिल्लाका २९ प्रहरी युनिटका प्रमुखहरूलाई निर्देशन दिए, ‘कार्यालयमा दुईजना मात्रै राखेर सबै उद्धारका लागि बाहिर खटिनू । कहाँ–कहाँ के–के भएको सबै रिपोर्टिङ गर्नू ।’

प्रहरी कर्मचारी लगत्तै उद्धारमा खटिए । भूकम्पका कारण विभिन्न ठाउँमा सुक्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । राति नै स्काभेटर प्रयोग गरेर बाटो पन्छाउँदै उद्धारमा खटिएको डीएसपी भट्टाराईको भनाइ छ ।

rukum-pashchim-bhukampa2-1699180404.jpg

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट सानोभेरी प्रभावितस्थल पुग्न प्रहरीलाई तीन घण्टा लागेको थियो ।

“दिउँसोको समय एक घण्टामा पुगिन्थ्यो, मेरो टोली बाटो अवरोधका कारण तीन घण्टापछि मात्रै पुग्यो । तर, सुरुमा ढलेका घरहरू पन्छाउँदै घाइते मानिसलाई उद्धार गर्‍यौँ । एक त रातिको समय, त्यसमाथि पहिरोका कारण बाटो अवरोध हुँदा समस्या आयो,” भट्टराई भन्छन् ।

प्रहरीले रातदिन र खानापानी नभनी उद्धारमा खटिएको उनको भनाइ छ ।

भूकम्पबाट रुकुम पश्चिममा आठबिसकोट नगरपालिकाका ११, १२, १३ र १४ तथा सानोभेरी गाउँपालिकाका १, २ र ३ नम्बर वडा बढी प्रभावित भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro