site stats
बाह्रखरी :: Baahrakhari
देश
इजरायलमा मारिएका तीन विद्यार्थीको शव सुर्खेत लगियो
फाइल तस्बिर ।

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव सुर्खेत लगिएको छ । आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूका शव सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–३ का प्रवेश भण्डारी, डोटीको आदर्श गाउँपालिका–८ का पदम थापा र डोटीकै पचनालीका राजन फुलाराको शव सुर्खेत लगिएको हो । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा र फुलाराको शव हेलिकोप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाइनेछ ।

यसअघि, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका लोकेन्द्रसिंह धामी, दार्चुलाकै दिपेशराज विष्ट, धनुषाका आनन्द साह, कैलालीका नारायणप्रसाद न्यौपाने, कैलालीकै आशीष चौधरी र सुनसरीका राजेशकुमार स्वर्णकारको शव नेपाल ल्याइएर आफन्तलाई बुझाइएको मन्त्रालयले जनाएको छ ।

गएको असोज २० गते हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu