पोखरा । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । सरुवा तथा संक्रामक रोग अस्पतालका निर्देशक डा. विकास गौचन नेतृत्वको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो ।
जाजरकोट र रुकुम पश्चिममा गएरातिको भूकम्पले मानवीय र भौतिक क्षति पुर्याएको छ ।
शनिबार बिहान प्रदेशस्तरीय आपतकालीन बैठकले प्रभावित क्षेत्रमा स्वास्थकर्मी तत्काल पठाउने निर्णय गरेको थियो । सोही स्थानमा उद्धार र उपचारमा सहयोग गर्ने उद्धेश्यले विशेषज्ञ चिकित्सकसहितको टोली शनिबार त्यसतर्फ गएको हो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्धेश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको टोली पनि पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।