site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका फेरि अपराध कर्ममै : के होला रिगलविरुद्धको फैसला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाल संविधान दिवसका दिन गत असोज ३ मा जेल मुक्त भए ।  उनी अदालतले तोकेबमोजिमको सजाय काटेर जेल मुक्त भएका थिएनन् ।

हत्यारा प्रमाणित रिगल डन राजनीतिक शक्तिको पहुँचमा संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउँदै जेल मुक्त भएका हुन् । जेल पर्नुअघि बाँके तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका रिगल गुण्डागर्दीको दुनियाँमा चर्चित नाम हो । 

राजनीतिको त्यही फेरो समातेका रिगललाई माफी दिन सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्‍यो । संविधान दिवसका दिन माफी उनले माफी पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, जेल मुक्त हुँदा राजनीतिक आस्थाका बन्दी जसरी फूलमालासहित कारागारबाट घर फर्किए, त्यो आमआलोचनाको विषय बन्यो । आलोचना मात्रै होइन, जघन्य अपराधीलाई त्यसरी कैद सजाय माफी दिने सरकारी सिफारिस अनुमोदन कारण राष्ट्रपति पौडेलसमेत आलोचित बन्न पुगे ।

रिगललाई त्यसरी कैद मिनाहा गरी रिहाइ गरेपछि चेतन मानन्धरकी श्रीमती अदालतसँग न्याय माग्दै मुद्दा दर्ता गराएकी छिन् ।  रिगलको आममाफी बदरको माग राख्दै २२ असोजमा सर्वोच्च पुगेकी भारतीले दर्ता गराएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ निरन्तर छ ।

Global Ime bank

२८ असार २०७२ मा नेपालगञ्जमा चेतन मानन्धरलाई रिगलसहितको समूहले खुकुरी प्रहार गरी हत्या गरेको थियो । त्यही अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई २०७५ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

उनी उक्त सजायको ५० प्रतिशत नै जेल नबसी माफी पाएर जेल मुक्त भएका हुन् । यसरी संविधान दिवसको अवसरमा कैद मिनाहा पाउने उनी एक्ला भने होइनन् ।  रिगल जस्तै ६७० जनाले कैद सजाय छुट पाएका थिए । तर, विवाद हुँदै अदालती प्रक्रियामा पुगेको भने रिगलविरुद्ध मात्रै हो ।

माफी पाएकाहरुबाटै जघन्य अपराध

कैदीको आचरण सुधार दाबीसहित सरकारी सिफारिसमा  राष्ट्रपतिबाट माफी पाउँदै छुटेकाहरु फेरि अपराध कर्ममा फर्किन थालेका छन् । गत जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा पुनः पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–१ का एक क्लिनिक सञ्चालकलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ फिरौतीमा माग गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका थापालाई चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । २०७५ मा डाँका मुद्दामा दोषी ठहर हुँदै नौ वर्ष कैद सजाय तोकिएका थापा आममाफीपछि साढे चार वर्षमै छुटेका थिए ।

थापाबाहेक यसअघि ३ असोजको संविधान दिवसको दिन कैद सजाय माफी पाएर छुटेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विक हत्या अभियोगमा फेरि पक्राउ परिसकेका छन् ।

२७ असोजमा रुकुम पश्चिम मुसिकोटकी २८ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । हाल प्रहरी थुनामै रहेका विकमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ०७६ मा बहुविवाह मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको तोकेको सजाय नकाटी राष्ट्रपतिबाट कैद माफी पाउँदै उनी छुटेका हुन् ।

कानुनी व्यवस्थाको दुरुपयोग

मुलुकी फौजदारी कार्यविधि कसुर संहिता २०७४ को धारा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था छ ।  उक्त दफाको उपधारा ७ अनुसार, सरकारले कैद माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने उल्लेख छ ।

फौजदारी कसुर ऐनको दफा ३७ अनुसार पनि कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा कैद कट्टा गर्न सकिने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार, हाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद सजाय छूट दिँदै आएका छन् ।  तर, राजनीतिक पहुँच र आर्थिक चलखेलका आधारमा कारागार व्यवस्था विभागबाट छुटका निम्ति सिफारिस भएको आशंका छ । 

प्रहरी पूर्व नायव महानिरीक्षक डीआईजी हेमन्त मल्लले पहुँचका भरमा सजाय माफी पाउनेहरुको मनोबल बढ्ने र उनीहरु पुनः अपराध कर्ममा फर्किने बताउँछन् । उनी भन्छन्, “यसरी शक्तिको भरमा कैद सजाय छुट पाउनेहरु कारागार रहँदा पनि अन्य कैदीभन्दा राम्रै तरिकाले बसेका हुन्छन् । त्यसमाथि कैद छुट पाएपछि झन् उनीहरुको मनोबल बढ्छ ।”

यसरी कैद छुट पाएकाहरु फेरि अपराध कर्ममा लाग्नु सुरक्षाका दृष्टिले झन् जोखिम हुने उनको भनाइ छ । पूर्व गृहसचिव गोविन्द कुसुमले भने अपराध कसुरमा दोषी ठहर भएर कैद सजाय भोगिरहेकालाई आफूले गरेको अपराधबारे हिनताबोध गराउनु आवश्यक रहेको बताउँछन् ।

“जबसम्म कैदीहरुलाई आफूले गरेको अपराधबारे हिनताबोध हुँदैन, तबसम्म उनीहरुमा बदलाको भाव रहिरहन्छ । उनीहरु जेल सजाय काटेर बाहिर आएपनि वा माफी पाएर आए पनि अपराध कर्ममा फर्किने अवस्था उतै रहन्छ,” कुसुम भन्छन् ।

अपराधीहरुलाई जेलभित्र नैतिक शिक्षा र अध्यात्म आवश्यक रहेको उनको तर्क छ ।  उनको भनाइ छ, ‘‘सजाय माफीको विषयमा समेत मनोवैज्ञानिक मूल्यांकन आवश्यक हुन्छ ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement