site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
श्री एयरलाइन्सले भन्यो– सहकारीको रकम 'हिनामिना गर्ने' क्याप्टेन जोशी हाम्रो संस्थामा छैनन्

काठमाडौं । श्री एयरलाइन्सले सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका भनिएका क्याप्टेन सुनिल जोशी आफ्नो कम्पनीमा संलग्न नरहेको स्पष्ट पारेको छ । 

कात्तिक १२ गते सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा श्री एयरलाइन्सका क्याप्टेन जोशी पक्राउ परेको दाबीसहितका समाचार प्रकाशित भएका थिए ।

Argakhachi Cement Island Ad

मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै श्री एयरलाइन्सले पक्राउ परेका भनिएका जोशी आफ्नो संस्थासँग आबद्ध नरहेको बताएको हो ।

“कात्तिक १२ गते रासस तथा अन्य सञ्चार संस्थाबाट प्रेषित गरिएको समाचार आधारमा सहकारी बचतकर्ताको रकम हिनामिना गरेपछि क्याप्टेन सुनिल जोशी पक्राउसम्बन्धी विभिन्न पत्रिका तथा अनलाइनमा श्री एयरलाइन्सका क्याप्टेन भनी समाचार प्रकाशित तथा प्रशारण गरिएको सम्बन्धमा यस एयरलाइन्सको ध्यानाकर्षण भएको छ,” श्री एयरलाइन्सले भनेको छ ।

कम्पनीले पक्राउ परेका भनिएका जोशी श्री एयरलाइन्ससँग कुनै पनि संलग्नतामा नभएको बताएको छ ।

“समाचारमा उल्लेख गरिएको व्यक्ति यस एयरलाइन्समा क्याप्टेन वा अन्य कुनै प्रकारले यस संस्थासँग संलग्न नभएको जानकारी गर्दै उक्त समाचार भुल सुधार गरी श्री एयरलाइन्सका कर्मचारी नभएको खण्डन समेत गरिदिन सम्बन्धित सबै निकायलाई अनुरोध गर्दछौँ,” विज्ञप्तिमा लेखेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्