site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेतान्याहूले गरे युद्धविराम गर्न अस्वीकार, हमासलाई ‘समाप्त’ पार्ने वाचा

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासविरुद्ध युद्धविराम गर्न स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।

“युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो,” युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीको माग अस्वीकार गर्दै सोमबार उनले भने ।

“यस्तो हुने छैन,” विदेशी पत्रकारसँग उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”

Dabur Nepal
NIC Asia

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार ४०० जना मारिएका थिए । २३० नागरिकलाई बन्धक बनाइएको थियो ।

त्यसयता इजरायलले हमास शासित गाजामा ठूलो हवाई बमबारी अभियान चलायो । सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली सैनिकको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीले गाजाको बाहिरी भागमा ट्यांकहरू रहेको बताएका छन् ।

इजरायलले २४ घण्टामा ६०० लक्ष्यमा निसाना बनाएको जनाएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमला दोहोरिने सम्भावना हुँदैन ।

इजरायलले अक्टोबर ७ मा हमास र अरू प्यालेस्टाइनी लडाकु समूहले बन्धक बनाएकाहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै त्यहाँ सीमित संख्यामा ट्रकहरू प्रवेश गरेको जनाएको थियो । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro