site stats
बाह्रखरी :: Baahrakhari
देश
खाद्यान्नदेखि खेलौनासम्ममा सिसाको विषाक्तता, सचेत रहन सरकारको आग्रह 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक जीवनमा प्रयोग गरिने सामग्रीमा भेटिने सिसाको विषाक्तताबाट सचेत रहन आग्रह गरेको छ ।

रङरोगन, शृंगारका साधन, रंगीचंगी खेलौना, नुडल्सजस्ता खाद्यान्न र दर्ता नगरिएका आयुर्वेदिक औषधि समेत यसको स्रोत भएको मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

‘नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका तथा केही आयुर्वेदिक औषधि सेवन गरिरहेका मानिस, सफाइकर्मी तथा रङरोगनको काम गर्ने व्यक्तिहरूका रगतमा सिसा (लेड)को अत्यधिक मात्रा पाइएको’ मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सिसाको प्रयोगलाई कम गर्न र यसको विषाक्तताबाट सजग रहन सरकारको सबैमा आग्रह छ ।

afaf-1698648246.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्