site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सोनापुर मिनरल्सको सेयर मूल्य पहिलो दिनमै १० प्रतिशतले घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबार भएको दिन नै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार धितोपत्र दोस्रो बजारमा आज (आइतबार)देखि कारोबारमा आएको सोनापुरको सेयर पहिलो कारोबार दिनमा नै प्रतिकित्ता ३५ रुपैयाँ घटेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेका अनुसार कारोबार प्रतिकित्ता ३१५ रुपैयाँ खुलेको थियो । तर, १० प्रतिशत मूल्य घटेको हो । १० प्रतिशत मूल्य घटेर अहिले कारोबार बन्द भएको छ । कम्पनीले प्रतिकित्ता २३७ रुपैयाँ ८५ पैसामा आईपीओ बिक्री गरेको थियो । सुरुमै नाफा बुक गर्न खोज्दा कसैले नकिनेको देखिएको छ ।

कम्पनीको चार लाख ८५ हजार ५४० कित्ता आईपीओ बिक्री गर्न राखिएको छ भने खरिद भने कसैले गर्न चाहेका छैनन् ।

Global Ime bank

यो कम्पनीले सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई गरी कुल एक अर्ब २३ लाख २०० कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयर नेप्सेमा कम्पनीले कात्तिक २ गते सूचीकृत भएको हो ।

सर्वसाधारणतर्फ ४० प्रतिशत र संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर रहेको कम्पनीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement