site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मानवीय सहायताका निम्ति ८४ ट्रक पुगेको इजिप्टको घोषणा

काठमाडौं । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिबार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गरेका छन् ।

उनले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भएको भन्नेबारे पत्ता लगाउन नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताए ।

Dabur Nepal
NIC Asia

मध्यपूर्व र उत्तर अफ्रिकाका निम्ति रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीज्को अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजापट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरे । साथै, इजिप्टियनवासीलाई सहायता पठाएकामा उनले धन्यवाद दिए ।

उनले मानवीय अभियानको निरन्तरताका निम्ति युद्धविराम सम्झौतामा पुग्न आह्वान गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro