site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायल–हमास युद्ध : राष्ट्रसंघ महासभामा कसले के भने ?
Sarbottam CementSarbottam Cement

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका निम्ति युद्धविराम’को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यका लागि गैरबाध्यकारी प्रस्तावलाई पारित गरेको छ । यो हमास आक्रमणपछि इजरायल र प्यालेस्टाइनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका निम्ति संयुक्त राष्ट्रसंघको पहिलो प्रतिक्रिया हो ।

विश्व समुदायको छाता संगठनका रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरुद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टाइनी राजदूत रियाद मन्सुरले महासभालाई  विभाजित संयुक्त राष्ट्रसंघभन्दा अधिक साहसी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विगत दुई सातामा चारपटक सहमतिका निम्ति गरिएका प्रयासमध्ये दुई ‘भिटो’ शक्तिका कारण र अरू दुई सहमतिका पक्षमा कम्तीमा नौ मत नपुग्दा विफल भएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले मतदानपछि भने, “हमासको आतंककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारबाही बन्द गर्ने छैन ।”

Global Ime bank

उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतंकवादी सोचलाई जरैबाट हटाउनु हो ।

इजरायलले अक्टोबर ७ मा हमासले गरेको ‘आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै कब्जामा लिइएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो । त्यसबारे अरबले तयार पारेको प्रस्तावमा उल्लेख छैन ।

संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुसी व्यक्त गरेका छन् ।

“यसप्रकारको भूराजनीतिक वातावरणमा १२० मत अन्तर्राष्ट्रिय कानुन, बल प्रयोगको समानुपातिक प्रयोगको समर्थनको उच्च संकेत हो र यो अहिले धरातलमा भइरहेको यथास्थितिलाई अस्वीकार गर्नु हो,” उनले भने ।

प्रस्तावको विपक्षमा मतदान गर्ने १४ मुलुकमा इजरायल र यसको निकटतम सहयोगी संयुक्त राज्य अमेरिका, पाँच प्रशान्त टापु राष्ट्रहरू र चार युरोपेली देशहरू अस्ट्रिया, क्रोएसिया, चेकिया र हंगेरी रहेका छन् । ईयूका आठ सदस्य राष्ट्रले पक्षमा मतदान गरेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि फ्रान्सका राजदूत निकोलस डे रिभिएरेले आफ्नो देशले यो प्रस्तावलाई समर्थन गरेको र ‘कुनै पनि कुराले नागरिकको पीडालाई न्यायोचित ठह¥याउन नसक्ने’ बताएका छन् ।

मन्सुरले भने, “युरोपेली मतले सुरक्षा परिषद्को प्रस्ताव पारित गर्न वा यो युद्ध रोक्न इजरायलमा अधिकतम दबाब सिर्जना गर्न ‘धेरै सहयोगी’ हुन सक्ने संकेत गरेको छ ।”

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणबाट करिब एक हजार ४०० इजरायलीको मृत्यु भएको छ । इजरायलको जवाफी हवाई आक्रमणमा सात हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । गाजामा बढ्दो मृत्यु र विनाशले त्यहाँका २३ लाख मानिसलाई अति आवश्यक खाद्यान्न, पानी, औषधि र इन्धन उपलब्ध गराउन ‘मानवताका लागि युद्धविराम’का निम्ति अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ ।

संयुक्त अरब इमिरेट्सका नुसेइबेहले पत्रकारसँग भने, “सुरक्षा परिषद्को प्रस्तावजस्तो महासभाका प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी हुँदैनन्, तर तिनीहरूले अविश्वसनीय वजन र नैतिक अधिकार बोकेका हुन्छन् ।”

उनले सुरक्षा परिषद्का १० निर्वाचित सदस्यले महासभाबाट ‘नैतिक अधिकार’ लिने र परिषद्को प्रस्तावमा रहेको अवरोध तोड्ने प्रयास गर्ने बताए ।

प्यालेस्टाइनको कब्जामा रहेका क्षेत्रमा इजरायली गतिविधिबारे महासभाको आपत्कालीन विशेष अधिवेशनमा ११३ वक्ताको सूचीमार्फत मतदान गरिएको हो ।

संयुक्त राष्ट्रसंघका लागि जोर्डनका राजदूत महमुद हमुदले २२ राष्ट्रको अरब समूहका तर्फबाट बोल्दै प्यालेस्टाइनी जमिनमा बढ्दो आक्रामक स्थितिलाई ध्यानमा राख्दै यस प्रस्तावमा कदम चाल्न आह्वान गरेका थिए ।

मतदानअघि हमुदले क्यानडाको संशोधनलाई परास्त गर्न आग्रह गर्दै भने, “अहिले भइरहेको ज्यादतीका लागि इजरायल जिम्मेवार छ र त्यो गाजाको जमिनी आक्रमणमा पनि देखिनेछ ।”

राष्ट्रसंघका लागि क्यानडाका राजदूत रोबर्ट रायले प्रस्तावले अक्टोबर ७ को घटनालाई बिर्सेको जस्तो देखिएको बताए । उनले भने, “यो संशोधनले इतिहासकै सबैभन्दा खराबमध्ये एक आतंकवादी हमलाका लागि जिम्मेवार हमासको निन्दा गरेको छ ।”

राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मुनीर अक्रमले आफूले प्रस्तावको पक्षमा समर्थन गरेको बताएका थिए ।

अकरमले भने, “यदि, क्यानडा वास्तवमै न्यायसंगत थियो भने उसले या त अपराधमा दोषी ठहरिएका दुवै पक्षको नाम लिन सहमत हुने थियो वा हामीले रोजेको जस्तो नाम पनि राख्ने थिएन ।”

क्यानडाको संशोधनमा २३ असहमतिसहित ८८ का विरुद्ध ५५ मत खसेको थियो । तर, यसले पक्ष वा विपक्षमा मतदान गर्नेहरूको दुईतिहाइ बहुमत प्राप्त गर्न असफल भएको थियो । त्यसपछिको सम्पूर्ण प्रस्तावको मतदानमा क्यानाडा अनुपस्थित थियो ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले इजरायलका एर्डनले हमासको नाम उल्लेख नगरेको र यो दुई राष्ट्र समाधानको दृष्टिकोणका निम्ति ‘हानिकारक’ भएको भन्दै प्रस्तावलाई ‘अपमानजनक’ भनेकी थिइन् ।

उनले यसलाई ‘इजरायली र प्यालेस्टानीका निम्ति खतरनाक क्षण’ बताउँदै भनिन्, “हमासको ‘आतंक’को कुनै औचित्य छैन, प्यालेस्टाइनीलाई मानव ढालका रूपमा प्रयोग गरिएको छ । ‘निर्दोष प्यालेस्टाइनी’को जीवनको रक्षा गर्नुपर्दछ ।”

ओमानले गल्फ कोअपरेसन काउन्सिलका तर्फबाट बोल्दै इजरायलले गाजामा गरेको ‘घेराबन्दी’, त्यहाँका जनताको भोकमरी र प्यालेस्टाइनीलाई सामूहिक सजायको निन्दा गरेको छ । “तर, प्यालेस्टाइनी आफ्नो आत्मनिर्णयको अधिकार र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टाइनी राज्य स्थापना गर्ने अधिकारको माग गर्नबाट विचलित हुने छैनन्,” ओमानले भनेको छ ।

शुक्रबार पारित गरिएको प्रस्तावमा तत्काल, दिगो र स्थायी मानवीय युद्धविरामका निम्ति आह्वान गर्नुका साथै सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय सहयोग र मानवअधिकारअन्तर्गत आफ्ना दायित्व तुरुन्तै पालना गर्न माग गरिएको छ । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय