site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेका लागि सरकार प्राथमिकता होइन : पोखरेल
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तुलसीपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोसी प्रदेशमा कांग्रेसका आठ सांसदले एमालेको सहयोग माग गरेपछि आफूहरुले समर्थन गरेको जानकारी दिए । 

पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरुप नै शान्तिप्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने बताए ।  महासचिव पोख्रेलले घोराही–तुलसीपुर चार ‘लेन’ निर्माणको ठेक्का लगाउने कुरा चलेको जनाउँदै पुनः एक्जिम बैंकको लगानीमा सुरु भए अवस्था सुधार नहुने बताए । 

“फेरि पनि एक्जिम बैंकले चारलेन बनाउने कुरा आएको छ, नेपाल सरकारले त्यसमा बजेट छुट्याउन सकेको छैन”, उनले भने, “एक्जिम बैंकले नै बजेट दिएर चारलेन बनाउँदा पुनः त्यस्तै हालत हुन्छ, सुधार हुँदैन ।” रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्