site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिया उत्पादनमा इलामभन्दा झापा अगाडि
चिया बगान । फाइल तस्बिर ।

काठमाडौं । चियाको ‘पकेट’ क्षेत्र भन्नेबित्तिकै सुदुरपूर्वको जिल्ला इलाम सबैको दिलदिमागमा आइहाल्छ । तर, तथ्यांक हेर्दा इलामभन्दा झापामा बढी चियाखेती र उत्पादन हुने गरेको देखिन्छ ।

चिया तथा कफी बोर्डको तथ्यांकानुसार देशका ३० जिल्लामा व्यावसायिक चियाखेती गर्ने गरिएको छ । ३० जिल्लाका २० हजार २३७ हेक्टर क्षेत्रफलमा चियाखेती गरिने बोर्डको सन् २०२१/०२२ को तथ्यांकमा उल्लेख छ । २०२०/०२१ मा १६ हजार ९२० हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको थियो ।

बोर्डको तथ्यांकानुसार सबैभन्दा धेरै चियाखेती झापामा गर्ने गरिएको छ । तथ्यांकानुसार २०२१/०२२ मा झापामा १० हजार ३४० हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको थियो । २०२०/०२१ मा झापामा सात हजार ३३९ हेक्टर क्षेत्रफलमा मात्र चियाखेती गरिएको थियो ।

झापापछि धेरै चियाखेती गरिने जिल्ला इलाम हो । बोर्डको तथ्यांकानुसार २०२१/०२२ र २०२०/०२१ मा इलाममा समान सात हजार २३६ हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको थियो । यी दुईबाहेक २८ जिल्लामा हजारभन्दा कम हेक्टर क्षेत्रफलमा चियाखेती गर्ने गरिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

पाँचथरमा ६७५, धनकुटामा ३८३, तेह्रथुममा ३५५, उदयपुरमा ३१८, ताप्लेजुङमा १३३, म्याग्दी र गोरखामा समान दुई र पर्वतमा एक हेक्टर क्षेत्रफलमा चियाखेती गर्ने गरिएको बोर्डको तथ्यांकमा देखिन्छ ।

सन् २०१९/०२० मा देशभर १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको थियो । यो अवधिमा झापामा सात हजार ३३९ र इलाममा सात हजार २३६ हेक्टर क्षेत्रफलमा नै चियाखेती गरिएको तथ्यांकमा देखिन्छ ।

यस्तै, २०१८/०१९ मा देशभर २८ हजार ६५२, २०१७/०१८ मा २८ हजार ५९५ र २०१६/०१७ मा २८ हजार २४१ हेक्टर क्षेत्रफलमा चियाखेती गरिएको थियो । 

उत्पादनमा झापा अगाडि, दोस्रोमा इलाम 
चिया तथा कफी बोर्डका अनुसार सन् २०१६/०१७ देखि २०२१/०२२ सम्म देशभर १४ करोड ८६ लाख ४२ हजार २६४ केजी चिया उत्पादन भएको थियो ।

२०२१/०२२ मा दुई करोड ६३ लाख ७९ हजार ४९३ केजी चिया उत्पादन भएको तथ्यांकमा देखिन्छ । योमध्ये झापामा एक करोड ९९ लाख नौ हजार ५०० र इलाममा ६२ लाख ८२ हजार केजी चिया उत्पादन भएको थियो ।

यस्तै, २०२०/०२१ मा दुई करोड ३७ लाख ४५ हजार ९०१ केजी चिया उत्पादन भएको थियो । त्यसमध्ये झापामा एक करोड ७१ लाख ३१ हजार ५०० र इलाममा ६४ लाख ३१ हजार ३३० केजी चिया उत्पादन भएको थियो ।

२०१९/०२० मा दुई करोड ४१ लाख १८ हजार २७४, २०१८/०१९ मा दुई करोड ५१ लाख ८५ हजार ७३९, २०१७/०१८ मा दुई करोड ४८ लाख तीन हजार ५७६ र २०१६/०१७ मा दुई करोड ४४ लाख नौ हजार २९० केजी चिया उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

तयारी चियाको ठूलो बजार भारत, १४ अर्ब ६३ करोड बढीको निर्यात 
अरू उत्पादनजस्तै नेपाली चियाको पहिलो बजार भारत नै हो । सन् २०१६/०१७ देखि पाँच वर्षको तथ्यांक हेर्दा नेपालबाट १६ अर्ब ४७ करोड २७ लाख ६१ हजार ७५० रुपैयाँको तयारी चिया विदेशमा निर्यात गरिएको थियो ।

बोर्डको तथ्यांकानुसार उक्त अवधिमा नेपालबाट भारतमा मात्र १४ अर्ब ६३ करोड ३३ लाख १० हजार ३६० रुपैयाँको चिया निर्यात गरिएको थियो । भारतपछि जर्मनी, जापान, अमेरिका रुस, चेक रिपब्लिकलगायत देशमा चिया निर्यात गरिएको थियो ।

जर्मनीमा ५९ करोड ८३ लाख ३४ हजार ८०, जापानमा ५४ करोड ७६ लाख ४६ हजार ४०, अमेरिकामा ४५ करोड ६३ लाख ५७ हजार १८०, रुसमा ४१ करोड चार लाख ३६ हजार ६० र चेक रिपब्लिकमा १५ करोड ८९ लाख १७ हजार ९० रुपैयाँको चिया निर्यात गरिएको थियो ।

२०२१/०२२ मा नेपालबाट एक करोड २४ लाख ६ हजार ८७ केजी तयारी चिया निर्यात गरिएको थियो । उक्त चिया निर्यातबापत तीन अर्ब ४३ करोड ७१ लाख ८६ हजार रुपैयाँ रकम नेपाल भित्रिएको थियो । यो रकममध्ये भारतबाट तीन अर्ब ५५ लाख चार हजार र जर्मनीबाट १६ करोड १० लाख ३१ हजार रुपैयाँ नेपाल भित्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro