site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चन्द्रागिरिमा पाराग्लाइडिङ सुरु, कति लाग्छ शुल्क ?

काठमाडौं । काठमाडौं उपत्यकानजिकको चर्चित ‘हिल स्टेसन’ चन्द्रागिरिमा पाराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ । नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले  पाराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट पाराग्लाइडिङ उडान सुरु हुने सुनुवारले जानकारी दिए । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु हुने उडानले त्यहाँबाट आकाशमा १०० मिटरसम्म उचाइ लिन्छ ।

Dabur Nepal
NIC Asia

समुद्र सतहबाट १७ सय मिटरको उचाइमा रहेको मकवानपुरको चित्लाङमा पाराग्लाइडिङको अवतरण गरिन्छ ।

पाराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानवनिर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

कति लाग्छ शुल्क ?
कम्पनीले चन्द्रागिरिमा पाराग्लाइडिङमा उड्नका निम्ति प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क तोकेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको पाराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट पाराग्लाइडिङस्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । सोही प्याकेजका निम्ति प्रत्येक विदेशी नागरिकले १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सुनुवारले बताए ।

कम्पनीको सवारीमा जाने–आउने सुविधा नलिने नेपालीले सात हजार २०० रुपैयाँ तिरेर पाराग्लाइडिङ उडानको मजा लिन सक्नेछन् ।

के ख्याल गर्ने ?
पाराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो गर्दा उडानका क्रममा हावाको वेगले अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro