site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले गर्‍यो अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

जिउक्वान । चीनले अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपणस्थलबाट स्थानीय समयानुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्षयात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

“अन्तरिक्षयान लङ मार्च–२ एफ वाहकमाथि रहेको उक्त रकेट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो,” चीनको सरकारी समाचार समिति सिन्ह्वाले भनेको छ ।

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा उनीहरू सबैभन्दा कान्छा हुन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro