site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
रुसी पक्षबाट लडिरहेका नेपालका विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा (भिडियो)
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा नेपालबाट समेत लड्नका निम्ति युवा गएको भन्ने कुरा पुष्टि हुने आधार फेलापरेको छ । रुसी पक्षबाट लडिरहेका नेपालका एक युवकलाई युक्रेनी सेनाले अवडिभका सहर क्षेत्रबाट कैदी बनाएको छ ।

युक्रेनको गृह मन्त्रालय (आन्तरिक मामिला मन्त्रालय)का सल्लाहकार एवं पूर्वउपगृहमन्त्री एन्टोन गेराश्चेन्कोले ‘रुसी पक्षबाट लडिरहेका नेपालका विवेक खत्रीलाई युक्रेनी सशस्त्र बलले अवडिभकानजिकै कैद गरेको’ बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा विवेकसँग कुरा गरेको करिब डेढ मिनेटको भिडियो पोस्ट गरेका छन् । यही अक्टोबर १९ मै एक्समा उनले यो भिडियो राखेका थिए ।

Agni Group

युक्रेनको गृहमन्त्रीका सल्लाहकार गेराश्चेन्कोले विवेकले रुसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गरेको र ‘एयरबोर्न फोर्स ब्रिगेड’मा काम गरेको बताएका छन् ।

‘पैसाका लागि मात्र युक्रेनीलाई मार्न युद्धमा गएको खत्रीले खुलेर स्वीकार गरे’को उनले लेखेका छन् ।

Global Ime bank

भिडियोमा विवेकले आफ्नो घर बर्दिया भएको बताएका छन् । “मेरो परिवार समस्यामा छ । आमाले काम गर्न सक्नु हुन्न । हामीलाई पैसा चाहिएको थियो, त्यसैले युद्ध लड्न गएँ,” भिडियोमा विवेकले भनेको कुरा क्याप्सनसहित लेखिएको छ ।

उनले आफ्नो साथीले रुसी सेनामा भर्ती हुन सुझाएको र घरको समस्याका कारण ‘आमासामु एक सफल व्यक्ति भएर जान चाहेको’ बताएका छन् ।

नेपाली युवा यसअघि रुसी सेनामा गएको जानकारी आफूसँग नरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ । युक्रेनी गृह मन्त्रालयका सल्लाहकारले सार्वजनिक गरेको यो भिडियोबारे बिहीबार (आज) परराष्ट्र मन्त्रालयसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीच युद्ध जारी छ । रुसले युक्रेनका चार क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu