site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कम्बोडियाले गर्‍यो मालीबाट १०० शान्ति सैनिक फिर्ता

काम्पोङ चाम । संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झन्डै १०० शान्ति सैनिक फिर्ता गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सोबारे जनाकारी गराएका छन् ।

“केही दिनअघि मैले मालीबाट हाम्रो शान्ति सैनिक (निलो हेलमेट फिर्ता गर्न स्वीकृति दिएको थिएँ । किनभने, त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सैनिक हटाउन थालेको थियो,” उनले भने, “उनीहरू अब त्यहाँ बस्न सक्ने अवस्था रहेन । किनभने, संयुक्त राष्ट्रसंघका निलो हेलमेट सेनालाई पनि आक्रमणको तारो बनाउन थालियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सैन्य विद्रोहपछि मालीको संक्रमणकालीन सरकारले १० वर्ष पुरानो संयुक्त राष्ट्रसंघ अपरेसन फिर्ता लिन अनुरोध गरेको थियो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यो वर्षको डिसेम्बर ३१ सम्ममा शान्ति मिसन फिर्ता लिने प्रस्ताव गरेको हो । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्