site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतान्याहूलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन् । छलफलका क्रममा उनीहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चित गरेका छन् ।

राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा गरिएको आतंकवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “मानवीय सहायताका प्याकेज सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टाइनीलाई वितरण गरिएको छ ।”

साथै, उनले दुई अमेरिकी बन्धकलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन् । परिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तलाई भेट्न गएका थिए  । आमाको खराब स्वास्थ्यका कारण ‘मानवीय आधारमा’ उनीहरूलाई रिहा गरिएको थियो ।

साथै, दुई नेताले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकसहित बाँकी सबै बन्धकलाई अझ सुरक्षित बनाउने प्रयासबारे छलफल गरे । गाजाका अरू नागरिकलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरे । उनीहरू पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ ।

इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राखेका बेला १४ ट्रक मानवीय राहतका सामग्री रफाह क्रसिङ हुँदै सोमबार गाजापट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ । यी सहायता ट्रक इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघद्वारा प्रायोजित रहेको बताइएको छ । रासस/एनआई

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro