site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तौलअनुसार खाऔँ मासु, कसले कति खाने ?

काठमाडौं । दसैँको बेला अधिकांश भान्सामा मासुको परिकार नै धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।
 
क्लिनिकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार चाडपर्वको समयमा रेड मिट (रातो मासु) बढी खानाले स्वास्थ्यमा तत्कालीन मात्र नभई दीर्घकालीन असर पुग्नसक्छ । रेड मिटमा प्रोटिनको मात्रा धेरै हुने भएकाले स्वस्थ्य र वयस्क व्यक्तिले आफ्नो शरीरको तौलअनुसार खानु उचित हुन्छ ।

सेनका अनुसार ५० केजीसम्म तौल भएको व्यक्तिले दैनिक एक सय ग्राम अर्थात् ३ देखि ४ पिस रेड मिट खानु स्वास्थ्यवर्द्धक हुन्छ । तर, विशेष व्यायाम गर्ने, खेल खेल्ने व्यक्तिले भने यसको मात्रा बढाउनसक्ने उनी बताउँछिन् ।

Dabur Nepal
NIC Asia

दीर्घरोगीहरूले भने एकसय ग्रामका हिसाबले साताको तीन पटक कुखुरा वा माछा खान सकिने तर रेड मिट भने मासिक १ पटक मात्रै खाए स्वास्थ्यवर्द्धक हुने उनको सुझाव छ ।

प्रोटिनको मात्रा अधिक हुन नदिन गेडागुडी, मासु तथा भात एकैपटक धेरै नखान र मासुसँगै सागसब्जी पनि उत्तिकै मात्रामा खान उनको सुझाव छ । 

विशेषगरी फ्रेस मिट, तथा अनप्रोसेस्ड मिटमा धेरै प्रोटिन माइक्रोन्युट्रेन्ट, आइरन, जिंक, भिटामिन बी १२ लगायत पोषण हुने भएकाले एकैपटक धेरै खाँदा ब्लडप्रेसर, मुटुसम्बन्धि विभिन्न समस्या तथा कोल्स्ट्रोल बढ्नसक्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro