site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गाजाको अस्पतालमा भएको घटनाको एमालेद्वारा भर्त्सना, आक्रमण रोक्न आह्वान
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले गएराति प्यालेस्टाइनी राज्यको गाजा सहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै त्यस घटनाको निन्दा गरेका हुन् ।

“रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौँको संख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ,” ओलीले भनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ । 

अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिनेगरी भएको आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको ओलीको भनाइ छ । 

Global Ime bank

“निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको छ,” विज्ञप्तिमा भनिएको छ, “हामी यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ । निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ ।”

एमालेले यसप्रकारको आक्रमण रोक्न माग पनि गरेको छ । 

“उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौँ । यसप्रकारका सबैखाले आक्रमण रोक्न हामी सम्बन्धित पक्षलाई आह्वान गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

uml-1697617063.png

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय