site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदन पुरस्कार विवेक ओझा र जगदम्बाश्री टेकबीर मुखियालाई अर्पण

काठमाडौं । मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ । 

ललितपुरमा एक कार्यक्रमकाबीच सोमबार २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बाश्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई अर्पण गरिएको हो । 

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार अर्पण गरेका हुन् । 

दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । 

ऐँठन कृति माआवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथि केन्द्रित छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro