site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्का घटनाबाट यसवर्ष ६३ जनाले ज्यान गुमाए, ३० बेपत्ता 
फाइल तस्बिर ।

काठमाडौं । यसवर्ष मनसुनजन्य विपद्का घटनामा परी देशका विभिन्न स्थानमा ६३ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन् । 

२०८० जेठ ३१ देखि यसवर्ष नेपालमा मनसुन सुरु भएको थियो । असोज २७ गते नेपालबाट मनसुन बाहिरिएको छ । 

मनसुनजन्य विपद्का घटनामा परी उक्त अवधिमा ३० जना बेपत्ता भएका छन् भने ६९ घाइते भएको शाखाले जनाएको छ । 

विपद्का घटनाले २४२ घरमा पूर्ण क्षति गरेको छ भने ७११ घरमा आंशिक क्षति गरेको छ । 

शाखाका अनुसार घटनामा परी भोजपुरमा तीन, नुवाकोटमा एक, संखुवासभामा तीन, ताप्लेजुङमा तीन, पाँचथरमा तीन, तनहुँमा दुई, गोरखामा तीन, ओखलढुंगामा चार, जुम्लामा दुई, अर्घाखाँचीमा तीन, मुगुमा एक, दाङमा एक र कैलालीमा एकजनाको मृत्यु भएको छ । 

यस्तै, तेह्रथुममा एक, रसुवामा दुई, म्याग्दीमा दुई, बैतडीमा दुई, गुल्मीमा एक, काठमाडौंमा तीन, रुकुम पश्चिममा चार, जाजरकोटमा एक, दोलखामा पाँच, पाल्पामा तीन, मकवानपुरमा ६, महोत्तरीमा एक र पर्वतमा दुईजनाको मृत्यु भएको छ । 

मनसुनजन्य विपद्का घटनामा परी यसवर्ष संखुवासभामा १९, ताप्लेजुङमा तीन, पाँचथरमा तीन, दोलखामा दुई, मकवानपुरमा एक, हुम्लामा एक र पर्वतमा एकजना बेपत्ता भएको शाखाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro