विदेश
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशानुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताएका छन् । शुक्रबार उनले सो चेतावनी दिएका हुन् ।
उनले गाजाको अवस्था डरलाग्दो रहेको उल्लेख गरे । गुटेरेसले गाजाका बासिन्दालाई इन्धन, खाना, पानीलगायत सामग्री उपलब्ध गराउन आग्रह गरे ।
उनले युद्धमा पनि नियम हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको सम्मान र समर्थन गर्न आह्वान गरे । गाजाका बन्धकलाई तत्काल रिहा गर्न समेत उनले आग्रह गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्