site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनआरएनएको अध्यक्षमा आरके शर्माद्वारा उमेदवारी घोषणा

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा राजेन्द्रकुमार शर्मा (आरके)ले उमेदवारी घोषणा गरेका छन् । 

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ६ उपाध्यक्ष, एक युवा उपाध्यक्ष र अन्य पदाधिकारीसहित शुक्रबार सार्वजनिक गरेका हुन् ।

आउँदो अक्टोबर १७ देखि २० गतेसम्म काठमाडौंमा एनआरएनएको ११औँ महाधिवेशन हुँदै छ ।

Dabur Nepal
NIC Asia

अध्यक्षका उमेदवार शर्मासँगै उपाध्यक्ष पदमा मलेसियाबाट खगेन्द्र न्यौपाने, जापानबाट रोविन्द्रप्रसाद श्रेष्ठ (गोविन्द)को उम्मेदवारी रहेको छ । न्यौपाने हालका सचिव र श्रेष्ठ हालका उपाध्यक्ष हुन् । 

उपाध्यक्षमै कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद उमेदवार रहेका छन् ।

यस्तै, उपमहासचिवमा प्रविन गुरुङ, सचिवमा लोक दाहाल, मनोजकुमार श्रेष्ठ गोर्खाली, टंक गिरी र आरसी पोखरेल उमेदवार रहेका छन् ।

यस्तै, कोषाध्यक्ष पदमा ठाकुरकुमार ढुंगाना र महिला संयोजकमा क्यानडाबाट देवकी केसी उमेदवार छन् ।

NRNA-RK-Sharma-2023-nrna-1697198513.jpg

कस्ता छन् शर्मा नेतृत्वका एजेन्डा ?
एनआरएनको अध्यक्ष पदका उमेदवार शर्माले ‘२४ का लागि २४’ वटा बाचासहितको आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

दुई वर्षे अर्थात् २४ महिनाको कार्यकालका लागि उनले ‘एनआरएनएबीच एकता, वैदेशिक रोजगारमा सुरक्षित वातावरण र सामाजिक सुरक्षा, उत्पादनमुलक उद्यममा विप्रेषणको प्रयोग, एनआरएनए कामदारको भविष्य सुरक्षा प्राधिकरण गठन’ गर्ने जस्ता विभिन्न २४ बाचा अघि सारेका छन् ।

संघ दुई टुक्रा परेको भन्दै यसलाई एकीकृत गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

“यो पवित्र अभियान । समृद्ध नेपाल निर्माण गर्ने अभियान, सबैको साझा र बाध्यताले विदेशीने सबैको साझा सपना सम्पन्न गर्न कसरी दुईवटा एनआरएन हुनसक्छ । तसर्थ मेरो पहिला बाचा छ, सुरुमै मैले एनआरएनको एकताको पहल गर्नेछु र एकता गराएरै छोड्नेछु,” अध्यक्षका उमेदवार शर्माले भने ।

यस्तै, उनले सामाजिक सुरक्षाको विषयलाई पनि प्राथमिकतामा राखेका छन् । एनआरएनका ९० प्रतिशत मध्यपूर्व, एसिया, अफ्रिका र अहिले युरोपमा जागिरे रहेको बताए ।

आफू श्रमिकबाट उद्यमी हुँदै गर्दा उनीहरूका संघर्षका कुरा बुझेको बताए । श्रमिक अस्पताल, भाषाका समस्याका कारण जेलमा रहेका, सीप सिकाउने, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेले पाउने राहत बढाउन जस्ता विषयमा आफूले काम गर्ने उनको भनाइ छ ।

यस्तै, उनले सामूहिक लगानीको विषयलाई पनि प्राथमिकता दिने बताए । 

“अहिले १३ खर्ब रेमिट्यान्स भित्रिरहेको छ । यसको सानो रकम सामूहिक लगानी प्राधिकरणमा गर्ने र त्यसमा नेपाल सरकारले वैधानिक बाटोबाट आएको रेमिट्यान्सको दुई प्रतिशत जम्मा गर्छ । त्यसपछि यो एउटा ठूलो कोष बन्ने छ,” उनले भने, “१३ अर्बको १० प्रतिशत भनेको एक खर्ब ३० अर्ब जुन राष्ट्रिय विकास बजेटको ३० प्रतिशतभन्दा बढी हुन्छ । र त्यसको १० वर्ष मात्र पनि मापन गरियो भने नेपालमा १३ खर्ब हाइड्रोमा लगानी गर्दा ६ हजार ५०० मेगावाट बिजुली उत्पादन हुन्छ ।”

यस्तै, उपाध्यक्षका उमेदवार श्रेष्ठले नेपालले श्रमिक उत्पादन गर्नेबाट उद्यम उत्पादन गर्ने बजारका रूपमा विकास गर्न आवश्यक रहेको र त्यसमा एनआरएनएले योगदान गर्ने बताए ।

उपाध्यक्षकै उमेदवार अभिमान सिंह बस्नेतले प्रतिनिधि व्यवस्थापनको समस्या र २४ वटै बाचामा काम गर्ने बताएका छन् ।

युवा उपाध्यक्षका उमेदवार बासिदले युवाहरूले पनि धेरै कुरा गर्न सक्नेमा उनीहरूलाई सचेत गराउन आवश्यक रहेको बताएका छन् ।

कोषाध्यक्ष पदका उमेदवार ढुंगानाले नेपालमा लगानीको वातावरण बढाउन काम गर्ने बताएका छन् ।

विश्वका अन्य ठाउँ जसरी १८० दिनभन्दा बढी समय देश बाहिर बस्नेलाई एनआरएनको मान्यता दिलाउनेतर्फ काम गर्ने समेत उनीहरूको भनाइ छ ।

एनआरएनएमा विश्वभरका ५९ देशबाट प्रतिनिधित्व रहेको छ । ९६ हजारभन्दा बढी साधारण सदस्य रहेको संघमा ४२ सयभन्दा बढी सदस्य मतदाता रहेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro