site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बिजुली, पानीको आपूर्ति बन्द : कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ? (तस्बिरसहित)

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने इजरायलका ऊर्जामन्त्री काट्जले घोषणा गरेका छन् ।

“बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म बिजुलीको स्वीच खोलिने छैन । पानी चलाइने छैन । र, कुनै पनि इन्धनको ट्रक भित्र पस्ने छैन,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मानवीयताका लागि मानवीयता र कसैले हामीसँग नैतिकताको प्रचार गर्ने छैन ।”

इजरायलले गाजामा हमासलक्षित ठूलो आक्रमण गरिरहेको त्यहाँको रक्षा बलले बिहीबार जनाएको छ ।

h2-1697109095.jpg

लडाइँ सशक्त बनाउन इजरायलमा आपत्कालीन सरकार र ‘युद्ध मन्त्रिपरिषद्’ गठन गरिएको छ । हमासले गाजामा करिब १५० जनालाई बन्धक बनाएको बताइएको छ ।

Global Ime bank

भग्नावशेषले घेरिएको ठाउँमा बिजुलीबिनाको अन्धकारमय रात बिताएका प्यालेस्टाइनी बिहीबार गाजामा बेकरी र किराना पसलबाहिर लाइन लागेका थिए ।

कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ?
इजरायलले खाद्यान्न, पानी, इन्धन र बिजुलीको आपूर्ति रोक्दा गाजामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सहायता एजेन्सीको चेतावनी छ ।

करिब २३ लाख जनसंख्या रहेको ४५ वर्गकिलोमिटर क्षेत्रको गाजा विश्वकै सबैभन्दा बढी जनघनत्व भएको ठाउँमध्येमा पर्छ । भूमध्यसागरको छेउमा इजिप्ट र इजरायलसँग जोडिएको गाजा क्षेत्रको लम्बाइ ४० किलोमिटर मात्र छ ।

अहिले हजारौँ संख्यामा प्यालेस्टाइनी संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा बसेका छन् ।

h3-1697109114.jpg

गाजाको एक मात्र पावर स्टेसन बुधबार इन्धन सकिएर बन्द हुँदा अस्पतालहरू बिजुलीविहीन भएका छन् । नवजात शिशुका निम्ति इनक्युबेटर र वृद्ध बिरामीका लागि अक्सिजनको जोखिम छ ।

मिर्गौलाको डायलासिस रोकिनेदेखि एक्स–रे गर्न नसकिने नहुँदा अस्पतालहरू शवगृहमा परिणत हुने स्थिति बनेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक फब्रिजियो कार्बोनीको भनाइ छ । एबीसीन्युजबाट ।

h11-1697109141.jpg

h12-1697109141.jpg

h13-1697109141.jpg

p2-1697109141.jpg

p3-1697109141.jpg

h8-1697109140.jpg

h9-1697109140.jpg

h10-1697109140.jpg

h5-1697109139.jpg

h6-1697109139.jpg

h7-1697109139.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu