site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘रियल इस्टेट’ क्षेत्र खस्किँदा अर्थतन्त्र पनि संकुचन भयो : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल ‘रियल इस्टेट’ क्षेत्र खस्किँदा अर्थतन्त्र पनि संकुचन भएको बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य विषयक अन्तरक्रियामा बोल्दै मालपोत र नापी कार्यालयले नागरिकलाई दुख दिन गरेको बताए । 

“रियल इस्टेट क्षेत्र खस्किँदा अर्थतन्त्र पनि संकुचन भयो । त्योसँग सम्बध इट्टा, गट्टी, डन्डी, रंगरोगन जस्ता थुप्रै उद्योग चल्न सकेनन् । यसले रोजगारी पनि घट्यो,” उनले भने ।

अध्यक्ष मल्लले मालपोत र नापी कार्यालयले निर्देशिका बनेको छैन, कानुन बनेको छैन भनेर दुख दिने गरेको बताए । फाइल घर्रामा राखेर मनोमानी हिसाबले काम गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

“मालपोत र नापी कार्यलयमा यति गाह्रो छ माननीय ज्यू । यसमा निर्देशन दिएर चरणबद्ध रूपमा योजना बनाएर अघि बढ्नुपर्‍यो । हुन्छ भने हुन्छ, हुन्न भने फाइल फर्काइदिनु पर्‍यो,” उनले भने, “फाइल घर्रामा राखेर आफ्नो मनोमानीअनुसार काम गर्नु भएन । यसले गर्दा धेरै मान्छे फ्रइस्टेट भएका छन् ।”

मल्लले आर्थिक वृद्धि गर्न सरकारले ल्याएको नीतिअनुसार मौन्द्रिक नीति आउनु पर्ने बताए ।

“सरकारले आर्थिक वृद्धिदर ६ प्रतिशत गर्ने भन्ने लक्ष्य राखेको छ । सरकारले ल्याएको नीतिसँगै मिल्ने खालको मौन्द्रिक नीति ल्याउन आवश्यक छ । निजी क्षेत्रको माग छ,” उनले भने, “आर्थिक नीति र मौन्द्रिक नीतिको तालमेल मिलेको छैन भन्ने आम उद्योगी व्यवसायीले महसुस गरेको अवस्था छ । यसलाई समयसापेक्ष गरिनुपर्छ । उद्योग, व्यवसायीहरूलै पलायन भएभने नीतिमात्र कडा गरेर के गर्ने ? नीति एउटा, नियति अर्काे हुन भएन,” उनले भने ।

उनले आयात घटाउन र देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

“मुलुकलाई समृद्धि बनाउनको लागि देशमा भएको प्राकृतिक स्रोतसाधनलाई कसरी प्रवर्द्धन गर्ने ? आयातलाई कसरी घटाउने ?, स्वदेशमा कसरी उत्पादन वृद्धि गर्न सकिन्छ ? विधिमा जानुपर्छ । हरेक क्षेत्रमा नियामक निकायबाट बनाउने नीति र निर्देशनको कारण उद्योग व्यवसाय फस्टाउन सकेको छैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro