site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इरानविरुद्ध नेपाल २७४ रनले विजयी

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ ।

बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै समेटियो ।

इरानका अमिर खोर्सान्दले ३७, सबेर इब्राहिमिपोरले ११ रन बनाए । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

Dabur Nepal
NIC Asia

इरानलाई सस्तैमा समेट्न नेपालका दीपेश कँडेल र सवास भण्डारीले समान तीन विकेट लिए । सात ओभर बलिङ गरेका दीपेशले चार रन र ८.५ ओभर बलिङ गरेका सुवासले ६ रन खर्चिए । यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन बनाएको थियो ।

कप्तान देवले १०० रन बनाए । उनले ६० बलमा १२ चौका र चार छक्का प्रहार गरे । नेपालले स्कोरबोर्डमा १० रन जोड्दा दुई विकेट गुमाएको थियो । देवले तेस्रो विकेटका लागि दीपक बोहरासँग १६६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । दीपकले ५९ बलमा पाँच चौका र दुई छक्कासहित ६५ रन बनाए । 

दीपक डुम्रेले ४४ बलमा आठ चौका र दुई छक्कासहित ६९ रन जोडे । दीपेशले २९ रन थपे । अन्तिममा ब्याटिङका लागि आएका आकाश चन्दले १९ र सुवास भण्डारीले १८ रनको योगदान गरे ।

नेपालका दुई ब्याटर ‘गोल्डेन डक’ भएका थिए । ओपनर अर्जुन साउद र मिलन बोहरा पहिलो बलमै पभेलियन फर्किएका थिए ।

प्रतियोगितामा नेपालसँगै १६ टिमको सहभागिता छ । सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया छन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिम पाकिस्तानमा हुने तालिका रहेको यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro