site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इजरायलबाट विद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको विमान आजै राति फर्कने 
विद्यार्थी लिन इजरायलतर्फ गएको विमान । फाइल तस्बिर ।

काठमाडौं । इजरायलमा रहेका विद्यार्थी लिन गएको नेपाल एयरलाइन्सको विमान आजै राति स्वदेश फर्कने भएको छ । सो विमान बिहीबार बिहान ४ बजे दुबईबाट इजरायलतर्फ प्रस्थान गरेको छ । बिहीबारै बिहान साढे दुई बजे विमान काठमाडौंबाट दुबईतर्फ गएको थियो ।

उक्त विमान स्थानीय समयानुसार बिहान ११ (नेपाली समय १ः४५) बजे इजरायलमा अवतरण गर्नेछ । त्यसपछि विद्यार्थीलाई लिएर विमान नेपाल फर्कनेछ ।

तय गरिएको समयानुसार त्यहाँबाट विमान उडेमा बिहीबार राति करिब ९ बजे काठमाडौंमा अवतरण गर्ने नेपाल एयरलाइन्स स्रोतले बतायो ।स्रोतका अनुसार विद्यार्थी लिन ९एन–एएलजेट कलसाइन भएको वाइडबडी विमान त्यसतर्फ गएको छ ।

विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद पनि सोही विमानमार्फत इजरायलतर्फ गएका छन् । उनी विद्यार्थीसँगै फर्कनेछन् ।

स्वदेश फर्कन आफूहरू इजरायलको तेल अभिभ विमानस्थलमा पुगिसकेको विद्यार्थी सुरज भण्डारीले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro