site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीलाई स्वागत गर्न धावनमार्गमै पुगे कार्यकर्ता, विमानस्थल प्रमुख भन्छन्– सुरक्षाकर्मीले छेक्दाछेक्दै प्रवेश गरे
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न गएका कार्यकर्ताहरू जनकपुर विमानस्थलको धावनमार्गमा पुगेका छन् । 

आज मधेस प्रदेशको अधिवेशन उद्घाटन गर्न गएका ओलीलाई स्वागत गर्न कार्यकर्ताहरू धावनमार्गमा नै पुगेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू धावनमार्गमा प्रवेश गरेको विमानस्थलका प्रमुख भीमदत्त पन्तले जानकारी दिए । 

“उहाँहरूको टोली १०, १५ जना थियो । सुरक्षाकर्मीले छेक्छाछेक्दै माननीय सांसद, मेयर पूर्वमेयर पनि त्यहीँ गए,” उनी भन्छन्, “झर्ने प्यासेन्जर पनि उपस्थित भइदिए । त्यसले गर्दा भिड देखियो ।”

Global Ime bank

उनले यसबारे विमानस्थलका सुरक्षागार्डलाई स्पष्टीकरण सोधिने जानकारी दिए । 

“विमानस्थल सुरक्षा गार्डलाई यो के कारणले भएको हो भनेर पत्र पठाउँछौँ,” उनी भन्छन् ,“हामीलाई पनि नरमाइलो लाग्यो । यस्तो नहुनुपर्ने भयो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement