site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिक्किम बाढीमा बेपत्ता नेपालीको खोजी गर्न अपिल

मंगलबारे (इलाम) । भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँचजनाको खोजीका लागि भारतीय सुरक्षा निकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो ।  

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिए । असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँचजना सम्पर्कविहीन छन् ।  

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेत हालसम्म सम्पर्कविहीन छन् ।

बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताए । रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro