site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्ने प्रक्रिया कहाँ पुग्यो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्ने प्रक्रिया लामो समयदेखि चर्चामा छ ।

गएको साउनमै नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न दिने तयारी गरिएको जनाएको थियो । दुई महिना बितिसक्दा समेत यसबारे अझै निर्णय गरिएको छैन ।

बोर्डमा सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न गत वर्षको असारमै निवेदन दिएका थिए । यी कम्पनीको कागजात प्रमाणित गर्ने र ‘रिभ्यु’को काम भइरहेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

केही समयमै बोर्डले ती दुई कम्पनीलाई बुक बिल्डिङ विधिमार्फत पहिलोपटक आईपीओ निष्कासन गर्न अनुमति दिन लागेको उनको भनाइ छ । “अहिले कागजपत्र रिभ्यु हुँदै छ । बुक बिल्डिङको प्रक्रियामै छ । डकुमेन्ट हेर्दा समय लागेको हो । अब करिब–करिब फाइनलमा नै पुगेको अवस्था छ,” उनले बाह्रखरीसित भने ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले पनि अब केही समयमै यस विषयमा निर्णय गरिने बताए । व्यवसायीले साझा रूपमा कम्पनीमा लगानी गरेकाले ‘क्रस होल्डिङ’का विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।

Global Ime bank

“पार्टनरसिप भएका कम्पनीहरू हेर्नुपर्छ । हामीले असार मसान्तसम्म सक्ने भनेर काम अगाडि बढाएका थियौँ, केही ढिलो भएको छ,” उनले भने, “अबचाहिँ अन्तिम चरणमा पुगेको छ, केही हप्तामा नै हामीले स्वीकृति दिन्छौँ । बुक बिल्डिङ संसारभरि नै राम्रो प्रणाली हो ।”

बोर्डको अनुमतिपछि पहिलो चरणमा आईपीओका निम्ति योग्य इस्टिट्युसनल इन्भेस्टर्स (क्यूआईआई) कम्पनीले आवेदन दिनेछन् । क्यूआईआई प्राप्त कम्पनीले आईपीओ खरिद गर्नेछन् । त्यसपछि मात्र सर्वसाधारणलाई १० प्रतिशत कम मूल्यमा बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गरिने प्रवक्ता श्रेष्ठले बताए ।

“हामी अन्तिम तयारीमा छौँ, रिराइट भइसकेको अवस्था छ । हामीले करिब–करिब अनुमोदन दिने अन्तिम तयारीमा छौँ । केही दुविधा भए इस्यु मेनेजरले अपडेट गराउँछ,” उनले भने, “दुईवटै कम्पनीको डकुमेन्ट पुगेजस्तो छ । एउटा फाइल हेर्न तीन÷चार दिन लाग्छ । अब धेरै समय लाग्दैन ।”

क्यूआईआई प्राप्त कम्पनीलाई ४० प्रतिशत सेयर निष्कासन गरिनेछ । इस्यु मेनेजर ग्लोबल आईएमई क्यापिटलले सम्पूर्ण प्रक्रिया पूरा गरेर कागजात बोर्डमा बुझाएको छ । प्रतिकित्ता ५०१ रुपैयाँमा ४० प्रतिशत सेयर खरिद गर्ने गरी क्यूआईआई प्राप्त ५७ कम्पनीले आवेदन दिइसकेका छन् । यी कम्पनीका अधिकारीले वस्तुस्थिति बुझ्न ती उद्योगका भ्रमण पनि गरिसकेका छन् ।

सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्न गत वर्षको असार २८ गते बोर्डमा निवेदन दिएको थियो । रिलायन्स स्पिनिङ मिल्सले सोही असार ३१ गते निवेदन दिएको थियो ।

यसअन्तर्गत धितोपत्रको सार्वजनिक निष्कासन गर्दा निश्चित मूल्य विधि र बुक बिल्डिङअनुसार गरिने बताइएको छ । निश्चित मूल्य विधिबाट धितोपत्र जारी गर्दा कम्पनीले तोके (अंकित मूल्य वा प्रिमियम मूल्य)अनुसार सार्वजनिक निष्कासन गरिनेछ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न चाहनेले भने धेरै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सर्वाेत्तमले ५०१ देखि ७५१ रुपैयाँ ५६ पैसा र रिलायन्स स्पिनिङ मिल्सले ६०८ देखि ९१२ रुपैयाँमा आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । यो मूल्यमा क्यूआईआई प्राप्त कम्पनीले आवेदन दिन सक्नेछन् ।

योग्य संस्थागत लागानीकर्ताले आवेदन दिँदा निष्कासन कित्ताका लागि जतिले माग पूरा हुन्छ त्यसको सबैभन्दा कम मूल्यलाई ‘कट अफ मूल्य’ मानिन्छ । जस्तै, १० लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिए छुट्टाछुट्टै मूल्य ५०० रुपैयाँमा १० संस्थाले दुई लाख, ४९० मा १५ संस्थाले तीन लाख, ४८० मा १० संस्थाले ५० हजार, ४७५ मा पाँच संस्थाले दुई लाख ५० हजार र ४७० रुपैयाँमा २० संस्थाले दुई लाख कित्ताको मागबमोजिम १० लाखका लागि आवेदन पूरा हुन्छ । सोहीअनुसार सबैभन्दा कम ४७० रुपैयाँ कट अफ मूल्य कायम हुनेछ । बुक बिल्डिङ निर्देशिका, २०७७ को अनुसूची ३ मा यो व्यवस्था छ । 

सर्वसाधारणलाई कट अफ मूल्यमा १० प्रतिशत छुट गरी विवरणपत्र इस्यु मेनेजरले सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यसमा सहभागी लगानीकर्ताले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले पनि न्यूनतम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने हुन्छ ।

हाल अंकित वा प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीले न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दै आएका छन् । बुक बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने एक अन्तर्राष्ट्रिय विधि हो । यो विधिबाट आईपीओ निष्कासन सुरु गरिएपछि रियल सेक्टरका कम्पनी दोस्रो बजारमा भित्रने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement