site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यार्थीका आफन्त भन्छन्– बंकर भएतिर सारिदिनुपर्‍यो भनिरहेका छन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तको तत्काल उद्धार गर्न पीडितले सरकारसँग आग्रह गरेका छन् । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग लोकेन्द्रबहादुर विष्टसहितका नौ विद्यार्थीलाई तत्काल सुरक्षित ढंगले इजरायलबाट नेपाल ल्याउन आग्रह गरे । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेको गाजा क्षेत्रनजिकै विद्यार्थी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यार्थी आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकीआमा चन्द्रा विष्टले बताइन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ विद्यार्थी अध्ययनका लागि इजरायल गएका थिए । उनीहरूसँग आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले तनावमा रहेकाले सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने चन्द्राले बताइन् ।

Global Ime bank

“बच्चासँग हामी आधीआधी घण्टामा कन्ट्याकमा छौँ । उसले कुरा गर्न पाइराखेको छ । त्यस्तो कन्ट्याक्टविहीनचाहिँ भएको छैन । हिजो रातिबाट युद्ध घोषणा भएकाले बच्चाहरू आत्तिइराखेका छन् । युद्ध घोषणा भइसक्यो उताचाहिँ, अबचाहिँ हाम्रो नेपालबाट परराष्ट्रमन्त्रीज्यूले छिटोछरितो एकदम तनमन लगाएर आफ्नो बच्चाहरूलाई छिटो लिएर आउनुपर्‍यो,” उनले भनिन्, “यो हाम्रो मात्रै चिन्ताको विषय होइन । उहाँहरूले पनि चिन्ता गर्नुपर्छ । उनीहरू अहिलेसम्मचाहिँ सेफमै बसेका छन् । बंकर छैन । उनीहरू आत्तिइराखेका छन् । हामीलाई बंकर भएको ठाउँतिर छिटो सारिदिनुपर्‍यो भनेर भनिरहेका छन् । उनीहरू त्यो ठाउँबाटभन्दा २५५ किलोमिटरभित्र नै छन् । फेरि हामीहरूकोमा नआउला भन्न सकिँदैन, छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेऊ सरकार !”

उनीहरूले पराराष्ट्रमन्त्री साउदको ती विद्यार्थीसँग भर्चुअल्ली सम्पर्क समेत गराएका थिए ।

सो द्वन्द्वमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन र फसेकाहरूको उद्धारको निम्ति विमानलाई तयारी अवस्था राख्ने सरकारले निर्णय गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement