site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजना गरिएको ‘बीआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भए पनि यसमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए ।

कार्यान्वयन योग्य परियोजना छनोट र कार्यान्वयन हुने गरी बीआरआईसम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उनले बताए । कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरुका कारण बीआरआई परियोजनामा ढिलाइ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको जिकिर गरे ।

उनले चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने विश्वास व्यक्त गरे ।

उनले आफ्नो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

त्यस्तै, उनले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको र वर्तमान तथा भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहने स्पष्ट पारे ।

कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चेन सङले बीआरआईमा आधारित परियोजनालाई नेपालको विभिन्न क्षेत्रमा सफल कार्यान्वयनका लागि चीनले आवश्यक सहयोग गर्ने बताए । स्थानीय विकासका लागि बीआरआई निकै महत्वपूर्ण देखिएको भन्दै उनले बीआरआईका बारेमा जनतालाई सही सूचना दिएर यसलाई नेपाल सरकारले अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले विभिन्न क्षेत्रमा आर्थिकलगायतका क्षेत्रको विकासका लागि चीनको सदैव सकारात्मक सहयोग निरन्तर हुने जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro