site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमपहिरोमा परी दुईजनाको मृत्यु, दुई बेपत्ता : कामिरितासहित तीन घाइते
शिशापाङ हिमालको बेसक्याम्पको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । तिब्बतस्थित शिशापाङ हिमालमा हिमपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ ।

शनिबार गएको हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनका गाइड मिङमार शेर्पाको मृत्यु भएको नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।

उनका अनुसार हिमपहिरोमा परी अमेरिकी आरोही जिना मारिया र नेपाली तेन्जिङ शेर्पा बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको अध्यक्ष शेपाले बताए ।

हिमपहिरोमा परी आरोही कामिरिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्रबहादुर तामाङ घाइते भएका छन् । उनीहरूको उद्धारका निम्ति काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीसँग छलफल गरिरहेको शेर्पाले बताए । अनुमति पाएमा नेपालबाटै हेलिकोप्टर पठाइने शेर्पाको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro