-(2)-1696595644.jpg)
काठमाडौं । एभरेष्ट बैंकले रुपन्देहीको तिलोत्तमाका अटो तथा ई–रिक्सा चालकलाई वित्तीय साक्षरता दिँदै क्यूआर कोड हस्तान्तरण गरेको छ ।
तिलोत्तमा–५ मणिग्रामस्थित आयोजित एक कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ई–रिक्सा यातायात प्रालि तिलोत्तमाका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले बैंकको यो कार्यले सर्वसाधरणलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरेकी छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले १०० जनाभन्दा बढी टेम्पो तथा ई–रिक्सा चालक र महिला उद्यमीलाई वित्तीय साक्षरता सचेतना प्रदान गरेका थिए ।
फोनपेको सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो ।