site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य संस्थामा सुरक्षाका निम्ति मन्त्रालयले थाल्यो काम 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारीका निम्ति सुरक्षित कार्यस्थल बनाउन चार काम थालेको छ । यही असोज १३ गते चिकित्सकसँग भएको सहमतिबमोजिम काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ लाई संशोधन गर्न मन्त्रालयको कानुन शाखाले प्रक्रिया अघि बढाउने भएको छ ।

यस्तै, चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर र अरू स्वास्थ्यकर्मीको सेवा सुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

सो कामको जिम्मेवारी नीति, योजना तथा अनुगमन महाशाखालाई दिइएको छ । स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनाको कारकतत्त्व पहिचान र निराकरण गर्न नीतिगत र कानुनी सुधारका विषय समेटी महाशाखाको टोलीले प्रतिवेदन पेस गर्नेछ ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समितिको बैठक हरेक १५ दिनमा बस्ने निर्णय पनि गरिएको छ ।

efdg-1696503825.jpg

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro