site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतको उत्तर प्रदेशमा दुई दिनदेखि रोकियो मनसुन बाहिरिने क्रम
फाइल तस्बिर 

काठमाडौं । मनसुनी प्रणाली आजबाट केही कमजोर बनेको छ । दुई/तीन दिनदेखि लगातार झरी परिरहेकोमा आजबाट केही कम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“मनसुनी प्रणाली कमजोर भएकाले हिजो अस्तिको जस्तो आज झरी पर्दैन । आजबाट मौसममा सुधार हुँदै जानेछ । तर अब पानी नै पर्दैन भन्ने होइन,” मौसमविद् गोविन्द झा भन्छन्, “मनसुनी प्रणाली जारी रहेकाले जुन सुकै बेला पुनः ठूलो वर्षा हुने सम्भावना भने कायम रहन्छ ।” 

औसत मिति अनुसार तीन दिन अगाडि नै नेपालबाट मनसुन बहिरिनु पर्ने हो । तर अझै केही दिन यो प्रणाली नेपालमा रहने मौसमविद् झा बताउँछन् । अहिलेसम्म नेपालबाट मनसुन बाहिरिनेक्रम सुरु भइसकेको छैन । पश्चिमबाट पूर्वतर्फ सर्दै नेपालबाट मनसुन बाहिरिन्छ । तर, यो प्रक्रिया नै सुरु भएको छैन । 

“दुई दिनसम्म भारतको एकै ठाउँमा मनसुनी प्रणाली रोकिएको छ । हिजो र आज हेर्दा भारतको उत्तर प्रदेशमा आएर मनसुन बाहिरिनेक्रम रोकिएको छ, थप अगाडि बढेको छैन,” मौसमविद् झा भन्छन्, “त्यो प्रणाली सर्दै नेपालतर्फ आउनु पर्छ । यद्यपि, उत्तर प्रदेश नेपालबाट धेरै टाढा भने होइन । त्यहाँबाट मनसुन बाहिरिनेक्रम सर्न थालेपछि त्यो सर्दै नेपाल आइपुग्नु पर्नेछ । यसका लागि केही समय लाग्छ ।” 

यसैबीच, देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बिहान कोसी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ विभागको भनाइ छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro