देश
काठमाडौं । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार गएको भूकम्पका कारण २४ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्पका कारण बझाङमा १५, अछाममा पाँच, बैतडीमा दुई र बाजुरामा दुईजना घाइते भएका छन् ।
भूकम्पले जिल्ला प्रशासन कार्यालय बझाङको मुल गेट चर्केको छ । भूकम्पले अछामको रामारोसन गाउँपालिका–६ भाटाकाटिया स्थित वडा कार्यालय भवनको सबै भित्ता चर्केको प्राधिकरणले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८० १६:५९
प्रतिक्रिया दिनुहोस्