site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युरोपमा फेसबुक र इन्स्टाग्राम चलाउन पैसा लाग्ने

काठमाडौं । मार्क जुकरवर्गको कम्पनी मेटाले युरोपियन युनियन (ईयू)का प्रयोगकर्ताका लागि शुल्कसहितको फेसबुक र इन्स्टाग्राम ल्याउने भएको छ ।

कम्पनीले यी दुई सामाजिक सञ्जालको विज्ञापनरहित संस्करणका लागि प्रतिग्राहक प्रतिमहिना १३ युरो शुल्क तोक्ने तयारी गरिरहेको हो । दुवै एप प्रयोग गर्नका लागि भने १९ युरो तिर्नुपर्नेछ ।

यस्तै, कम्प्युटर वा डेस्कटपमा फेसबुक वा इन्स्टाग्राम चलाउन प्रतिमहिना १७ युरो शुल्क तोक्ने तयारी कम्पनीको छ ।

गत जुलाईमा ईयूको सर्वोच्च अदालतले गरेको फैसलापछि कम्पनीले नयाँ रणनीति अघि सारेका हो ।

लक्जमबर्गमा रहेको युरोपेली अदालतले युरोपको जनरल डाटा प्रोटेक्शन रेगुलेसन (जीडीपीआर) कानुनअन्तर्गत फेसबुकले प्रयोगकर्ताको सहमतिबिना लक्षित विज्ञापन देखाउन उसको डेटा प्रयोग गर्न नसक्ने फैसला गरेको थियो ।

अदालतले यसको विकल्पमा केही शुल्क लिएर विज्ञापनरहित एपमा पहुँच दिनसक्ने बाटो भने खुला गरेको थियो । सोही अनुसार फेसबुकले यस्तो तयारी गरिरहेको बताइएको छ ।

उता टिकटकले समेत अंग्रेजी भाषा बोलिने ठाउँका प्रयोगकर्ताका लागि प्रतिमहिना ४.९९ अमेरिकी डलर शुल्क लाग्ने एपको विज्ञापनरहित संस्करण परीक्षण गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro