site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण, सीडीओ भन्छन्– राहतकाे माग भएको छैन

काठमाडौं । बझाङ भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । दुईजनाको उपचार भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । 

“३१ वटा घर भत्किएको भन्नेबाहेक राति थप विवरण आएको छैन । सम्भवत थप घटना नभएर होला । गम्भीर प्रकृतिका घटना भएको भए सायद विवरण आउँथ्यो होला,” प्रमुख जिल्ला अधिकारी पाण्डेयले बाह्रखरीसँग भने, “अबरुद्ध सडक हिजै साँझ सञ्चालनमा आइसकेको छ ।” 

उनका अनुसार ४० वटा टेन्ट वितरण गरिएको छ । खुला तथा सार्वजनिक स्थानमा उक्त टेन्ट टाँगिएको र स्थानीय त्यसमा बसिरहेका छन् । 

“टेन्टको माग भएकाले हामीले हिजै वितरण गर्‍यौं । राहत वितरणका लागि कसैबाट अहिलेसम्म माग भएको छैन,” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro