site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा लगातार ५ म्याग्निच्युडका दुई धक्का, तीन घण्टामा सातपटक गयो भूकम्प

काठमाडौं । बझाङमा लगातार पाँच म्याग्निच्युडका दुईवटा भूकम्प मापन गरिएको छ । अपराह्न ५ बजेर १९ मिनेट जाँदा बझाङको हेमन्तवाडा आसपास र ५ बजेर ३७ मिनेट जाँदा धमेना आसपास केन्द्रविन्दु भएर गएको ५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसअघि अपराह्न ४ बजेर ३१ मिनेट जाँदा हेमन्तवाडा आसपास केन्द्रविन्दु भएको धक्का मापन गरिएको थियो ।

आज एकैदिन बझाङमा तीन घण्टाको अवधिमा सातपटक भूकम्प गइसकेको छ ।

आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि चैरपुर आसपास केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दिउँसो ३ बजेर ४५ मिनेट जाँदा सुर्मा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको गएको थियो । 

त्यसपछि ४ बजेर २८ मिनट जाँदा फेरि तलकोट केन्द्रविन्दु बनाएको ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

बझाङ भूकम्पमा अहिलेसम्म आठजना घाइते भएको पुष्टि भएको छ । मष्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा ८ जना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro