site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्य संस्थाको क्षमता बढाउन जोड

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यसका लागि एकीकृत खाकासहितको स्वास्थ्य पूर्वाधार मापदण्ड तयार गरिएको बताए । त्यसलाई एकपटक पढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले आग्रह गरे । 

Dabur Nepal
NIC Asia

“स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाइ हुँदैन । हामीले एकीकृत खाकासहित एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड बनाएका थियौँ, यसको कार्यान्वयन गरौँ । मन्त्रालयमा धुलो लागेर बसेको होला, प्रमलाई पढ्न अनुरोध गर्दछु,” उनले भने ।

सम्झौता गरिएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु एकदमै दुःखद भएको उनले उल्लेख गरे ।

“आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बेधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,” उनले भने, “घटना हुन्छ, आन्दोलन हुन्छ, सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन । यो चक्र तोड्ने हो भने एकपटक नेपाल सरकारले नेपाल मेडिकल एसोसिएसनसँग र स्वास्थ्यकर्मीहरूको संघर्ष समितिसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरोस् ।”

उनले सम्झौता कार्यान्वयन गर्न सांसदको भूमिका आवश्यक परे त्यो प्रदान गर्न तयार रहेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro