देश
काठमाडौं । कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएका काठमाडौं मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किएका छन् ।
केहीबेर दबाबमूलक प्रदर्शनपछि ओपीडी सेवामा फर्किने अस्पतालसँग सहमति भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले बताए ।
आइतबारको घटनामा कुटपिटमा संलग्न तीनमध्ये फरार एकजनालाई पक्राउ गुर्नपर्ने माग राख्दै उनीहरु मंगलबार दिउँसोसम्म सडक आन्दोलनमा थिए ।
सिनामंगलस्थित केएमसी अस्पतालमा आइतबार दिउँसो नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको थियो ।
कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतम गौशाला प्रहरीको नियन्त्रणमा छन् । घटनामा संलग्न थप एकजना फरार छन् ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्