site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी सभामुख हटाउने प्रस्ताव दर्ता
सांसद म्याट गेट्ज । तस्बिर : एएफपी ।

काठमाडौं । अमेरिकामा एक सांसदले आफ्नै पार्टीका तर्फबाट प्रतिनिधिसभाको सभामुख बनेका केभिन म्याकार्थीलाई हटाउने प्रस्ताव सदनमा दर्ता गराएका छन् । रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनावलाई यो कदमले सतहमा देखाएको छ ।

फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सोमबार सदनमा प्रस्ताव अघि सारेका हुन् ।

Dabur Nepal
NIC Asia

संसद् भवनबाट बाहिरिने क्रममा सांसद गेट्जले भने, “मसँग पर्याप्त रिपब्लिकन छन् । अर्को हप्ता दुईमध्ये एउटा कुरा हुनेछ, या त केभिन म्याकार्थी सभामुख रहने छैनन् वा उनी डेमोर्क्याटको हितका लागि काम गर्ने सभामुख हुनेछन् ।”

त्यसको केही समयपछि सामाजिक सञ्जालमा म्याकार्थीले ‘प्रस्ताव अघि सार्न’ भन्दै चुनौतीपूर्ण टिप्पणी गरेका छन् । गेट्जले ‘भर्खरै गरेँ’ भन्दै प्रतिक्रिया दिएका छन् ।

डेमोर्क्याटको समर्थनमा सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको छ । अलजजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro